उनका कथामा कतै विगतको यथार्थ, कतै वर्तमानको अनुभव र कतै आगतको सुन्दर कल्पना गरिएको छ। नेपाली समाजमा विद्यमान जीवनका उकाली-ओराली , सङ्गति- असङ्गति र विसङ्गतिको चित्रणसँगै परिवर्तनको तीव्र आकाङ्क्षा पाइन्छ। परम्परागत कतिपय पेसा,असल मूल्य-मान्यताप्रति उच्च आस्था व्यक्त गर्दै तिनको संरक्षण, संवर्द्धनप्रति चिन्ता र चासो व्यक्त गरिएको छ।गरिबी अशिक्षा र अन्धविश्वासका बीचमा पनि उनका कथामा जीवनको सौन्दर्यबोध पाइन्छ। शिक्षा ,पुरुषार्थ र राजनीतिक इमानदारिताका आधारमा समृद्धिका सपनाहरू पूरा गर्न सकिने
समिक्षक -केशव ज्ञवाली 'आगत' ४ असोज २०७९