मंगलवार, बैशाख २८, २०७८
/
पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउनु नपर्ने
१० चैत २०७७
  प्रसिद्ध खबर
१० चैत, काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिए । ‘अब बुधबारदेखि पठओ राइडरले पठओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्, लगाए कारबाही हुन्छ,’ प्रवक्ता अधिकारीले भने । पठाओ सञ्चालनमा रोक लगाउने विषय भने सत्य नभएको उनको भनाइ छ ।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA