बुधबार, माघ ७, २०७७
/
खुम्रे किराको प्रकोपबाट किसानले कसरी बाली जोगाउने ? ।
८ मंसिर २०७७
  प्रसिद्ध खबर

नेपालमा पाइने खुम्रे किरा जुन किराले हाम्रो बाली नस्ट गर्ने गर्छ

किसान साथीहरु, आज खुम्रे किरा बारे बुझौं है!! share गरिदिनु होला! 

नेपालको पहाडी जिल्लाहरुमा प्रमुख समस्याको रुपमा रहेको छ । यो खपटे कीराको लार्भा (खुम्रे माटो मुनी बसेर बाली विरुवाको जरा र माटो मुनीको भाग पनि खाइदिन्छ । फलस्वरुप उत्पादन ९० % सम्म घट्न सक्छ साथै जरा र माटो मुनीको भाग प्रयोग हुने बालीको गुणस्तर घट्न जान्छ । खपटे वर्गमा पर्ने यो कीराको बयस्क खपटे गाढा खैरो वा कालो शरीर चाम्रो बनावटको आवरण र माटो खन्ने प्रकृतिका गोडाहरु भएको हुन्छ । शरिरको लम्बाई १५ मि. मि. र चौडाई ८ मि. मि. हुन्छ । लार्भा अङ्गेज्र ी वर्णमालाको सी आकारको खुम्ची राख्ने र बोसो रंगको सेतो शरिर भएको हुन्छ ।

व्यवस्थापन कसरी गर्ने त?

माटोमा चिस्यानको व्यवस्था गर्दा क्षती र लार्भाको संख्या घटाउन मद्दत गर्दछ । --खेतवारीमा रहेका झारपात तथा अवशेषहरु नष्ट गरी खेतवारी सफा राख्ने । --गर्मीको समयमा गहिरो खनजोत गर्ने र हप्ता दिनसम्म खाली राख्दा लार्भा सतहमा आउने प्राकृतिक शत्रु चराले खाइदिन्छ र लार्भाको संख्या घट्दछ । --पाकेको गोवर मल वा कम्पोष्ट मल मात्र प्रयोग गर्ने । --जमिन तयारीको समयमा केतुकीका मसिना टुक्राहरु १० केजीको दरले वा चिउरीको पीना २० केजी को दरले प्रति रोपनी प्रयोग गर्ने । --मेटारिजियम एनिसोप्ली जैविक विषादी (५ ग्राम प्रति के. जी. कम्पोष्टमा मिलाई बनाएको १ टन प्रति रोपनीका दरले मकै छर्ने समयमा लाइनमा छर्ने । --क्लोरपाइरिफस (डर्सबान १०) विषादी १ के. जी. प्रति रोपनीका दरले मकै छर्नुभन्दा अघि छर्ने । --यसको प्रकोप भएको स्थानहरुमा क्लोरपाईरिफस २ मि. लि. प्रति लिटर पानीमा मिसाई विरुवा रोपेको वरिपरी माटो भिज्ने गरी छर्नु पर्दछ वा क्लोरानट्रानिलिप्रोल ०.४ % गेडा २५० ग्राम प्रति रोपनीका दरले जग्गा तयारीमा छर्ने ।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA