मंगलवार, बैशाख २८, २०७८
/
गुडविल बचत तथा ऋण सहकारी संस्था कुमारीपाटिका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ ।
२२ चैत २०७७
  प्रसिद्ध खबर

गुडविल सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ

ललितपुर कुमारीपाटी स्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लि.का संचालक दिवाकर श्रेष्ठ लगायत संस्थाका अन्य पदाधिकारीहरु समेतको संलग्नतामा सर्बसाधारण व्यक्तीहरुलाई आफनो संस्थामा रकम जम्मा गरेमा बढी व्याज दिलाई दिने भनि आश्वासन देखाई बिश्वास दिलाई संस्थामा रकम जम्मा गर्न लगाई हाल आएर सो संस्थाले रकम करिब रू ७९,८९,६४,५२० ( उनासी करोड उनानब्बे लाख चौसठी हजार पाँचसय बिस) ठगी गरेको भन्ने संस्थागत एवं व्यक्तिगत निक्षेपकर्ताहरूले मिति २०७७।०१२।०५ गते यस परिसरमा ठगी सम्बन्धी किटानी जाहेरी दिएको आधारमा निजहरु बिरुद्ध सहकारी ऐन,२०७४ र ठगी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भई रहेकोमा सो घटनामा संलग्न रही फरार रहेका सो संस्थाका अध्यक्ष ललितपुर गोदावारी न.पा.१४ ठैब बस्ने वर्ष ४१ को दिवाकर श्रेष्ठलाई यस परिसरबाट खटिएको प्रहरी टोलीले मिति २०७७।१२।२१ गते चितवन स्थित भरतपुर १० मा लुकीछिपी बसेको अबस्थामा फेला पारी तत्काल  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
     उल्लेखित सहकारीबाट पिडित भएका व्यक्तीहरुको जाहेरी पर्ने क्रम जारी रहेको हुँदा सो संस्थाबाट ठगीमा पर्नु भएका सर्बसाधारण व्यक्तीहरु उजुरी दिनको लागी महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरीएको छ ।
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA