आईतवार, मंसिर ११, २०७९
/
सुतक (सुत्केरी ) बार्ने कि नबार्ने ? - सामाजिक बहस
२५ असोज २०७९
  प्रसिद्ध खबर /कृष्ण आँशुक

सुतक (सुत्केरी ) बार्ने कि नबार्ने ?           सामाजिक बहस 

सुतक पहिले पहिले धेरैले बार्ने चलन थियो । हिजो आज भने सुतक भनेको बढोत्तरी हो याने की सुखद हो खुसी हो त्यसैले चार्डबार्डको टिका जस्तो: दशै तिहार बार्नुपर्दैन भन्ने बहस चलेको छ। यस बारेको हजुरको प्रतिक्रिया के छ ?

------------------------------------------------------
हिन्दु धर्मशास्त्रमा लेखिएको सूतक(सुत्केरी) बार्ने संबंधित  निर्णय:

क) ६ महिनासम्मको गर्भस्राव भए (तुहे) आमालाई जति महिनाको गर्भ तुहेको हो त्यति दिन नछुने । बाबु र सपिण्डिलाई ४ महिनासम्मको भए न्वाहे शुद्ध हुन्छ र ५,६ महिनाको भए ३ दिन लाग्छ ।

ख) ७ महिनादेखि पूरा १० दिन बार्नुपर्छ र सुत्केरीलाई १० दिन छुनु हुँदैन।

ग) नाल नकाटी मरे सपिण्डिलाई ३ दिन र सुत्केरीलाई १० दिन, नाल काटेपछि मरेको भए पूरै १० दिन ।

घ) माइतमा सुत्केरी भए बाबु र दाजुभाइलाई १ दिन । म्यान नाघेपछि सुनेको सूतक बार्नु पर्दैन ।     #prasiddhakhabar 

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA