बुधबार, माघ ७, २०७७
/
भारतले नेपाली भूमि लिपुलेक हुँदै निर्माण गरेको विवादित सडक यस्तो छ (तस्बिरसहित)
वैशाख २७, २०७७
  रासस

दार्चुला। भारतको पिथौरागढ जिल्लाको गर्बाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरिरहेको छ। 



शुक्रबार उद्घाटन गरिएको कुल ८० किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नाविढांग क्षेत्रमा पर्दछ।


गर्बाधार-लिपुलेक सडकलाई रणनीतिक महत्त्वको परियोजनाका रुपमा भारतले लिएको छ। सडक निर्माण भएसँगै भारतको उत्तराखण्डसँग चीन जोडिएको छ। सडक निर्माण भारतको बोर्डर रोड अर्गानाइजेसन (बीआरओ)ले गरेको हो।


सडक निर्माण भने २००८ मा सुरु भएको थियो। नजंगदेखि बुँदी गाउँसम्मको दुर्गम क्षेत्र रहेका कारण १५ किलोमिटर निर्माणमा ढिलाइ भएको बीआरओले जनाएको छ।


सडक निर्माणसँग १७ हजार फिट उचाइमा रहेको लिपुलेक पुग्न सहज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अब दिल्लीबाट लिपुलेकसम्म दुई दिनमा पुगिन्छ। लिपुलेकबाट मानसरोबर ९५ किलोमिटर छ।


यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ।







( सबै फोटो:रासस )

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA