शुक्रबार, फागुन १४, २०७७
/
लोकपि्रय एप टिकटकद्वारा १६ भन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्ट प्राइभेट
१ माघ २०७७
  प्रसिद्ध खबर

काठमाडौँ । टिकटकमा १६ वर्ष भन्दा कम उमेरको प्रयोगकर्ताहरुको अकाउन्ट आफै प्राइभेटमा सेट हुने भएको छ । एपले बालबालिकाको सुरक्षामा मध्यनजर गर्दै यस सिस्टम लागु गरेको बताएको छ ।

यस्तो अकाउन्टबाट अनुमति दिइएको फलोअर्सले मात्र कमेन्ट गर्न पाउने छन् । १६ वर्ष भन्दा मुनिका प्रयोगकर्ताले कुनै भिडियो पनि डाउनलोड गर्न पाउनेछैनन् ।

 

टकटकको अनुसार, यस परिवर्तनले गर्दा कम उमेरका प्रयोगकर्तालाई आफ्नो प्राइभेट अकाउन्टमा सक्रिय रुपमा अनलाइन प्राइभेसीको यात्रा गर्न सक्छन् ।

 

१३ देखि १५ वर्ष सम्मका प्रयोगकर्ताले भने आफ्नो साथीहरुलाई कमेन्ट गर्ने अनुमति दिन मिल्ने र भिडियो पब्लिक बनाउन विकल्प हुनेछ । तर यस्तो अकाउन्ट अन्य प्रयोगकर्ताको एपमा सजेस्ट हुने छैन ।

 

१६ देखि १७ वर्ष सम्मका प्रयोगकर्ताहरुले अन्य प्रयोगकर्तालाई भिडियो डाउनलोड गर्न अनुमति दिने वा नदिने भन्ने विकल्प हुनेछ तर उनीहरुलाई यस प्रतिवन्ध लगाउने वा नलगाउने भन्ने चयन गर्न पाउने विकल्प हुन्छ ।

 

टिकटकले १६ वर्ष भन्दा मुनिका प्रयोगकर्तालाई अरुसंग द्वेट भिडियो गर्न नपाउने नियम बनाएको छ ।

 

साथै टिकटकले किशोर अवस्थाका प्रयोगकर्तालाई लाइभ स्ट्रिमिंग गर्न, भर्चुअल उपहार खरिद गर्न, बेच्न वा स्वीकार गर्न प्रतिबन्ध लगाएको छ ।

 

टिकटकमा अभिभावकको अकाउन्ट लिंक हुनुपर्ने विकल्पले पनि थप नियन्त्रण गर्न सकिने कम्पनीले बताएको छ ।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA