आईतवार, मंसिर ११, २०७९
/
सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन
२ कार्तिक २०७८
  प्रसिद्ध खबर
 नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका थिए ।
महर्जनको शवलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ । उनका पत्नी, दुई छोरी र एक छोरा छन् । मर्हजन आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशक समेत थिए ।
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA