आईतवार, मंसिर ११, २०७९
/
भन्सार एजेन्टका परिक्षार्थीहरू आन्दोलनमा,तालिका सार्वजनिक गर्न आग्रहसहित ज्ञापनपत्र पेश
११ पुस २०७८
  प्रसिद्ध सम्बादाता
काठमाडौँ । भन्सार एजेन्टका परिक्षार्थीहरूले परिक्षा दिन नपाएपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । भन्सार विभागले गत चैतदेखि कोरोनाको कारण देखाएर परिक्षा स्थगित गरेको थियो ।
हाल कोरोना महामारी केही कम भएपछि अन्य सबै किसिमका परिक्षाहरू सुरू भैसक्दा पनि भन्सार एजेन्टको परिक्षामा भन्सार विभागले कुनै चाँसो नदेखाएकोले आफूहरू आन्दोलनमा उत्रिएको विद्यार्थीहरूले बताएका छन् ।

भन्सार एजेन्टका सय जनाको हाराहारीमा विद्यार्थीहरूले विभाग अगाडि हातमा प्ले कार्ड लिएर प्रदर्शन गरिरहेका छन् । प्ले कार्डमा “परिक्षा तालिका सार्वजनिक गर, परिक्षार्थीमाथि खेलवाड कहिलेसम्म ? परिक्षार्थीले परिक्षा दिन पाउने अधिकार सुनिश्चित गर ” जस्ता मागहरू लेखिएको प्ले कार्ड हातमा लिएर प्रदर्शन गरिरहेका छन् । विभागमा परिक्षा दिनका लागि ९ हजार २५ जना परिक्षार्थीहरूले आवेदन फारम भरेका छन् ।
विभागले गत २०७७ चैत २२ गते परिक्षा लिने परिक्षा मिति निश्चित भएको थियो तर कोरोना महामारी फैलिएकोले चैत ६ गते परिक्षा नगर्ने घोषणा गरेको थियो । त्यस यता परिक्षा लिने कुनै सुरसार नदेखाएकोले परिक्षार्थीहरूले यस्तो कदम चाल्न परेको आन्दोलनरत परिक्षार्थी बताएका छन् । परिक्षार्थीहरूले यसरी आफुहरूको भविष्यमाथि खेलबाड भैरहेको भन्दै जतिसक्दो छिटो परिक्षा लिन आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA