काठमाडौं। पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीहरूसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा भाइरल भएको छ।
"गुराँसको फेदमुनि" बोलको गीतमा हिमानीले दुई छोरी पूर्णिका र कृतिकासँग नृत्य गरेकी हुन्। तीनै जनाले कालो पहिरनमा एउटै स्टेपमा कम्मर मर्काएका छन्।
पूर्णिका शाहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घण्टामै भाइरल बनेको हो। पूर्णिकाले केही दिनअघि मात्रै आफ्नै टिकटक अकाउन्ट बनाएकी हुन्। उनको अकाउन्टबाट अहिलेसम्म ६ वटा भिडियो पोस्ट भएका छन्।
पूर्णिकाले भिडियोको क्याप्सनमा लेखेकी छन्, "यो डान्स स्टेप हामीले आमाबाट पाएका हौं। हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ।" नृत्यको कमेन्टमा सबैले उनीहरूको सुन्दरता र नृत्यको प्रंशसा गरेका छन्।
हिमानीका श्रीमान् पारस शाहले पनि सो भिडियो "मेरो परिवार" भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन्। टिकटकमा यो भिडियो ५० हजार बढीले लाइक गरिसकेका छन्।
हिमानी उनका छोरा हृदयेन्द्र र दुवै छोरी सहित अहिले थाइल्यान्डमा छिन्। उच्च शिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनले उतै अड्केकी छन्।
Prasiddha Khabar All rights reserved.