शनिबार, आषाढ ५, २०७८
/
कोरोना निको हुनेबित्तिकै आफ्नो बुरुस र जिब्री फेरीहाल्नुहोस ।
२६ बैशाख २०७७
  प्रसिद्ध खबर /एजेन्सी

तपाईं हालैमात्रै  कोभिड १९ बाट निको हुनुभएको हो भने पहिलेभन्दा बढी सावधान हुनैपर्छ । 

सबभन्दा पहिला त तपाईं दाँत माझ्ने पुरानो बुरुश तत्कालै फालिहाल्नुस् । नयाँ टूथब्रश प्रयोग गर्दा व्यक्ति पुनः संक्रमित हुने सम्भावना घट्छ अनि एउटै वाशरूम प्रयोग गर्ने परिवारका अन्य सदस्यलाई पनि संक्रमण हुन पाउँदैन । 


त्यसो त सामान्य रुघाखोकी र ज्वरो आएका मानिसले पनि निको भए पनि बुरुश बदल्दा राम्रो हुने चिकित्सकहरूको भनाइ छ । अझ कोभिड भएको छ भने र लक्षण देखिएको २० दिनपछि टूथब्रश र जिब्री (टंग क्लीनर) बदल्नुपर्छ । 

दाँत माझ्दा टूथब्रशमा ब्याक्टेरिया बसिरहन्छ र पुनः संक्रमण गराउन सक्छ । त्यसको रोकथामका लागि धेरैजसो मानिस माउथवाशले गार्गल गर्छन् । त्यसले मुखमा रहेको भाइरस मार्छ । माउथवाश छैन भने तातो पानीले कुल्ला गर्नुस् । दिनमा दुईपटक ब्रश गरेको राम्रो हुन्छ । 

जनवरी महिनामा ब्राजिलका अनुसन्धाताहरूले कोभिड संक्रमण र मुखको स्वच्छताको प्रभाव बुझ्नका लागि एक अध्ययन गरेका छन् । अध्ययनले टूथब्रशलाई ब्याक्टेरिया फ्री राख्नका लागि ओरल हाइजिन जरूरी रहेको देखाएको छ । 

द जर्नल अफ इन्फेक्सियस डिजीज जर्नलमा अध्ययन प्रकाशित भएको छ ।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA