आईतवार, मंसिर ११, २०७९
/
भौचरमा आधारित बिधार्थि छात्रबृत्ती र स्थानिय सरकारको प्राथमिकता र आवस्यकता - कश्यप प्रसाद पौडेल
१ भदौ २०७९
  कश्यप प्रसाद पौडेल

नेपालको प्राबिधिक तथा ब्यबसायीक शिक्षाको लामो अनुभव र निश्कर्ष

स्थानिय सरकार र अबिभावकका लागि भौचरमा आधारित छात्रबृत्ती अतिनै उपयोगी हुन्छ । बच्चाको पढाई खर्च भर्न नसक्ने अभिभावक, पालिकामा आवस्यक प्राबिधिक जन–शक्तिको ब्यबस्था र स्थानीय सरकार जन–उत्तरदायि बनाउन भौचरमा आधारित प्राबिधिक शिक्षा छात्रबृत्ती आजको आवस्यकता हो । नेपालको संबिधान २०७२ ले नागरिकको मौलिक हक भित्र “शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनेछ” भनिएकाले प्राबिधिक शिक्षाको दायित्व पुरा गर्नु पनी हो । यो छात्रबृत्तीमा नेपालका तिन–तहका सरकारको ध्यान जानु पर्दछ । नागरिकको निःशुल्क पढ्न पाउने हक कायम गर्दै लैजानु संबिधान कार्यान्वयन गर्नु हो । तसर्थ यो भौचरमा आधारित छात्रबृत्ती स्थानिय सरकारले लागु गर्नु उपयुक्त हुन्छ । देशको अर्थतन्त्र सवल नहुँदा सम्म प्राबिधिक शिक्षामा मात्र लगानी गर्ने । शिप, दक्षता र रोजगारी सँग जोडिएको प्राबिधिक शिक्षा पहिलो रोजाई हो । बिधार्थिलाई स्थानीय सरकार मार्फत भौचरमा आधारित प्राबिधिक शिक्षा छात्रबृत्ती उपलब्ध गराउँदै जानुपर्छ । केही बर्षमा स्वास्थ्य, कृषि, भेटेनरी, होटल ब्यबस्थापन, ईन्जिनियरिङङ्ग र अन्य आवस्यक प्राबिधिक दक्ष जनशक्ती सबै पालिकामा सजिलै उपलब्ध हुने उपाए हो यो । जव देश आर्थिक रुपमा सवल हुन्छ तव प्राबिधिक शिक्षामा मात्र हैन साधारणा शिक्षामा पनी छात्रबृत्ती उपलब्ध गराउनु पर्दछ । तर हालको शिक्षा निती पुनःशिप हिन र बेरोजगार प्राबिधिक जनशक्ती उत्पादन गर्ने तर्फ उन्मुख छ । यसलाई रोक्नु पर्छ । अहिले प्रत्येक पालीकामा शिक्षालय खोल्ने तर बिद्यार्थीलाई रोजेको बिषय पढ्न नपाउने अवस्था छ । गाउँमा एउटा प्राबिधिक शिक्षाको कार्यक्रम संचालन गर्न समेत धौ धौ छ । चार–पाँच वटा कार्यक्रम कसरी चलाउने ? धेरै वटा बिषय नभै बिद्यार्थीले बिषय छनोट गर्ने अवसर पाउदैन । तव उ शहर पस्न बाध्य हुन्छ । गाउँमा कक्षा कोठा खाली हुन्छन । सरकारले दिएको अनुदान बालुवामा पानी हुन्छ । गाउँमा पढाउने शिक्षक पाइदैन । एउटा बिषयको शिक्षालय चलाउन कम्तिमा ११ जना प्राबिधिक शिक्षक चाहिन्छ । एक वा दुई जनालाई पढाउन दिदा प्राबिधिक शिक्षाको परिचय मात्र पढ्ने हो । झन दुई बर्षे प्राबिधिक धारमा पढ्ने बिद्यार्थीले त प्राबिधिकको सर्टिफिकेट मात्र हातमा लिने हुन । प्रयोगात्मक अभ्यास नभएर उनिहरु श्रम बजारमा अयोग्य ठहरिन्छन् । यसरी प्राबिधिक बेरोजगार उत्पादन गर्नु सामाजिक अपराध हो । भौचरमा आधारित छात्रबृत्ती प्रदान गर्दा बिद्यार्थी आफैले आफु पढ्ने कलेज खोज्छ । पढ्ने बिषय आफै रोज्छ । शुल्कको एकिन उसैले गर्छ । तर पढ्न पठाउने बिद्यार्थीको छनोट चै पालिकाले गर्नुपर्छ । छनोट भएका बिद्यार्थीले मात्र छात्रबृत्ती पाउँछन् । बिद्यार्थीले कलेजमा बुझाएको शुल्कको रसिद पालिकामा बुझाउने हो । पालिकाले रसिद अनुसार भौचर खडागरी बिद्यार्थीको नाममा भुक्तानी दिने हो । पढ्नका लागी भौचरमा लिएको रकम पढाई पछी बिद्यार्थीले पालिकामा काम गरेर फिर्ता गर्ने हो । यो पद्धति नै भौचरमा आधारित छात्रबृत्तीको आधार स्तम्भ हो । यसको नाम “भौचरमा आधारित प्राबिधिक शिक्षा छात्रबृत्ती कार्यक्रम ” राखिएको छ । बिधार्थिले जती अवधिको पढाईका लागी भौचर लिएको हुन्छ । त्यती नै अवधी पालिकाले तोकेको तलब र पदमा बसी कामगर्नु गर्छ । र तोकिएको प्रतिसतका आधारमा तलब बाट रकम कट्टा गरी सम्पुर्ण भौचर फिर्ता गर्नुपर्छ । यो छात्रबृत्तीको प्रचलन बिकसित देशहरुमा धेरैबर्ष अघिदेखी छ । तर हाम्रो देशमा नौलो हो । भौचरमा आधारित प्राबिधिक शिक्षा छात्रबृत्तीका सकारात्मक पक्षहरु , भौचरमा आधारित प्राबिधिक शिक्षा छात्रबृत्ती प्राप्त गर्दा बिधार्थिका अबिभावकले पढाई सुल्कको भार बोक्नु पर्दैन । बिधार्थिले सुल्क बुझाउने तनाव बिना अध्यन पुरागर्छ । पालिका जनउत्तरदाई देखिन्छ । आफ्नै पालिका भित्रका उपयुक्त बिधार्थिलाई छनोट गरी दक्ष प्राबिधिक बनाउने अवसर जन प्रतिनिधी लाई हुन्छ । जसले समाज परिवर्तनमा अतिनै महत्व राख्दछ । सबै पालिकाहरुमा दलित, जनजाती, आधिबासी, लोपउन्मुख, हलैया, कमैया, सिमान्तकृत, महिला र बिपन्न बर्गका परिवारमा जन्मेका बच्चाहरुले समेत प्राबिधिक शिक्षामा दक्षता हाँसिल गर्ने मौका प्राप्त गर्नेछन् । र सानोतहबाट सरकारी सेवामा प्रबेस गरी राज्यको उच्च तहमा पुगेर नितीनिर्माण गर्न सक्ने हुन्छन् । पालिकाले बिधार्थिलाई अध्यन अवधीमा भुक्तानी गरेको भौचर रकम आफ्नै पालिकामा काम गरेर फिर्ता दिने अवसर पाउँछन् । स्थानीय नागरिकले दक्ष जनशक्ती बाट सजिलै सेवा प्रप्त गर्छन् । यो छात्रबृत्ती बाट संबिधानको भावना समेटिन्छ । त्यसैले यो नेपालका लागी अपरीहार्य छ । यो छात्रबृत्ती दिँदा पालिका, बिधार्थि र अबिभावक बिच लिखित सम्झौता गरी तिनै पक्षले प्रतिबद्धता जनाउनु पर्छ । सम्झौता उलंघन गर्दा क्षतीपुर्ती दिने ब्यबस्था हुनु पर्दछ । साथै बिधार्थिको रोजाईमा परेको कलेजसँग पालिकाले पढाई अवधीमा बुझाउनु पर्ने रकमको फेस्तिा माग्नुपर्छ । त्यसकै आधारमा भौचरको रकम भुक्तानी गर्नुपर्छ । बिधार्थिको नाममा जसरी बार्षिक रुपमा रकम भुतानी गरिन्छ । त्यसैगरी उसले तलब लिदा बार्षिक रुपमै तोकिएको अवधी भित्र सम्पुर्ण रकम फिर्ता हुनेगरी मासिक रुपमा कट्टा गर्नु पर्दछ । प्राबिधिक शिक्षा भौचरमा आधारित छात्रबृत्तीका उपलब्धीहरु ः १) संबिधान बमोजिमको शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन हुन्छ । २) आफ्नो पालिकालाई आबस्यक पर्ने प्राबिधिक जनशक्ती आफैले उत्पादन गर्न पाउने अवसर हुन्छ । ३) स्थानीय नागरिक बाट प्राप्त भएको राजस्व प्रत्यक्ष रुपमा स्थानीय नागरिकले उपयोग गर्न पाउँछन । ४) पालिकाले गरेको लगानीको प्रतिफल पालिकाकै नागरिकले सहजै उपभोग गर्न पाउँछन् । ५) उत्पादित प्राबिधिक जनशक्ती सजिलै रोजगार हुने, दक्षता हाँसिल गर्ने, नागरिकले सेवा पाउने र पालीकाको शैक्षिकस्तर माथी उठ्ने हुन्छ । ६) पालीका भरिका नागरिक प्रबिधी मैत्री हुदै जान्छन् । ७) पालिका भित्र स्वस्थ्य, शिक्षा, कृषि, भेटेनरी, होटल, ईन्जिनियरिङ्ग र अन्य क्षेत्रमा समेत उल्लेख्य प्रगती हासिल भई करको दायरा फराकिलो बनाउन सकिन्छ । ८) दक्षजनशक्ती उत्पादन र उत्कृष्ट सेवा नागरिकलाई दिन सकिन्छ । ९) प्राबिधिक शिक्षाको प्रभावले नागरिकको दैनिकीमा परिवर्तन आई समाज रुपान्तरणमा ठुलो योगदान पुग्छ । १०) देशभरिनै दक्ष प्राबिधिक जनशक्ती उत्पादन हुनगई बिदेशी श्रमबजारमा ठुलो रकम प्राप्त हुनेगरी मान्छे पठाउन सकिन्छ । र देशको अर्थतन्त्र बलियो हुन्छ । पालिकामा अति आवस्यक पर्ने प्राबिधिक जनशक्ती उत्पादन गर्ने क्षेत्र ः (यस. ई. ई पछीको तिन बर्षे शैक्षिक कार्यव्रmम ः) डिप्लोमा ईन ईन्जिनियरिङ्ग १) सिभिल २) ईलेक्ट्रिकल ३) ईलेक्ट्रिोनिस ४) ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रिोनिस ५)कम्प्युटर ईन्जिनियरिङ ६) आई. टी.७) आर्केटेक्चर डिप्लोमा , आइएसी कृषि १) प्लाण्ट साईन्स २) एनिमल साईन्स डिप्लोमा , पिसिएल स्वास्थ्य १) नर्सिङ २) शामान्य चिकित्सा ३) मेडिकल ल्याब ४) रेडियोग्राफी ५) फार्मेसी यसइइ. पछीका अठार महिने कार्यव्रmमहरु ः १) अमिन २) कृषि ३) भेटेनरी ४) सिभिल ५) ईलेक्ट्रिकल आदी बिषयहरु छन । स्नातक तहका चारबर्षे कार्यव्रmमहरु १) एम.बि.बि.एस. २) बि.पि.एच. ३) बि. फार्मेसी ४) बि.यम.यल.टी. ५) बि.पि.टि. ६) बि.यस.सी.नर्सिङ ७) पि.बि.एन. ८) ईन्जिनियरिङ ९) बि.यससी.एजी. १०) बि.एससी.भेटेनरी माथी उल्लेखित बिषयहरु मध्ये पालिकालाई आवस्यक पर्ने जनशक्ती कुन क्षेत्रको हो पहिचान गरी भौचरमा आधारित छात्रबृत्ती उपलब्ध गराउनु पर्छ । यसलाई कार्यान्वयन गर्दा पालिकाहरुमा समग्र शिप र प्रबिधिको क्षेत्रले ब्यापकता पाउँछ । दुर्गम, पहाडी जिल्ला र तराईको पिछडिएको क्षेत्रमा बस्ने नागरिकहरुले समेत पालै पालो समानुपातीक रुपमा प्राबिधिक बन्ने अवसर पाउँछन । आफ्नो पालिका बाट निशुल्क प्राबिधिक शिक्षा अध्यन गर्न पाउँदा र फर्केपछी आफ्नै पालिकामा सेवादिने अवसर पाउँदा गर्व गर्ने ठाउँ हुन्छ । प्रत्येक पालिकामा रोजगार हुनेको सँख्या बढ्नेछ । प्राबिधिक शिक्षाको प्रभावले बेरोजगारको संख्या घट्नेछ । तसर्थ भौचरमा आधारीत प्राबिधिक शिक्षा छात्रबृक्तीको कार्यान्वयन तिन–तहका सरकारले गर्नुृ गराउनु उपयुक्त हुन्छ ।                                                                                     लेखक - नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा अग्रणी ब्यवासायि हुन  र उहाँ  समाजसेवा र राजनीति क्षेत्रमा परिचित हुनुहुन्छ । 

 

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA