शुक्रबार, फागुन १४, २०७७
/
नेकपा स्थायी कमिटी बैठक २४ गतेसम्मलाई स्थगित,प्रचण्ड-ओली एक्ला एक्लै छलफलमा
असार २२, २०७७
  प्रसिद्ध संवाददाता
काठमाडौं। आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक स्थगित गरिएको छ।



पार्टीका प्रचार विभाग उप-प्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २४ गते बुधबार ११ बजेसम्म स्थगित भएको जानकारी दिए।


नेकपाभित्र चर्कँदै गएको आन्तरिक कलहले गम्भीर मोड लिएपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्।  दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक सरेको बालुवाटार स्रोतले जनाएको छ।


प्रधानमन्त्री एवम् अध्यक्ष ओली बिहीबार संसद अधिवशेन अन्त्य गर्ने तहसम्म पुगेपछि शुक्रबार एक दिन गृहकार्य गरेर शनिबार बैठक तय गरिएको थियो। शनिबार पनि थप छलफल गर्ने भन्दै स्थगित गरिएको बैठक फेरि स्थगित भएको हो। 


अध्यक्षद्वय ओली र प्रचण्डबिच बालुवाटारमा एक्ला एक्लै छलफल

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता शुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो कुराको जानकारी दिएका छन्।

छलफलमा अहिले अध्यक्षद्वय मात्रै जुटेको श्रोतले बताएका छन्।
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA