आईतवार, बैशाख ५, २०७८
/
काङ्रेसहरुलाई केही कुरा-डा.गोपाल पौड्याल
१४ मंसिर २०७७
  प्रसिद्ध खबर

काङ्रेसहरुलाई केही कुरा

-डा.गोपाल पौड्याल "मण्डने"


नेपाली काङ्रेसका सबै सदस्यहरुले पहिलो पुस्ताका फेलियर नेताहरुलाइ बिस्थापित गर्ने हिम्मत गर्नुपर्छ।हो तपाइहरुलाइ कुनै पद दिएहोलान ,फाइदा दिए होलान सहयोग गरे होलान तर देश र जनताको लागि ती बेकम्बा नै साबित बने त्यसैले अब आउने अधिबेशनमा तपाइहरुले दलाली र गुट बन्दी छोड्न सक्नुपर्छ। चुनाव हारेपछि दर्जनौँ राम्रा निर्णय गरेर पनि लोकप्रिय बन्नुको साटो आलोचनाको केन्द्र बन्ने नेताका रूपमा देउवालाई बिर्सन सकिँदैन । नेपालको इतिहासमा पत्नीलाई अघि लगाएर राज्यको साधन र स्रोतमा सर्वाधिक लामो हात गर्ने व्यक्ति शेरबहादुर देउवा भएका छन् । राजा वीरेन्द्रको शासनकाल (पञ्चायत) मा उनकी पत्नी ऐश्वर्य, बाबुरामको कार्यकालमा हिसिला र गिरिजाप्रसाद कोइरालाको समयमा सुपुत्री सुजाता आफ्नो क्रियाकलापका कारण जनस्तरमा बद्नाम थिए, त्यसभन्दा धेरै बद्नामी देउवा पत्नीले गरेकी छिन । राज्यका स्रोत साधनहरूको उच्चतम् दोहोन गर्न पत्नीलाई छोड्ने व्यक्तिका रूपमा पनि देउवालाई भविष्यसम्म स्मरण गरिरहनुपर्ने स्थिति छ ।' २०४८ सालमा ११० सिट जितेको कांग्रेस २०५१ सालको मध्यावधि निर्वाचन ८३ सिटमा खुम्चियो । ८८ सिट जितेर एमाले पहिलो पार्टी बन्यो । त्यहीबेला कांग्रेसले पहिलो झट् बेर्होनु पर्‍यो, त्यो पनि देउवा गृहमन्त्री भएका बेला । त्यो बेलासम्म कांग्रेसमा गिरिजाप्रसाद सर्वशक्तिमान थिए । तर कांग्रेस हारेको चुनावपछी कोइराला विकल्पमा आफूलाई उभ्याउँदै देउवा संसदीय दलको नेता बन्न सफल भए । कुर्सिको लागि जस्तो सुकै सम्झौता गर्न पछि नपर्ने देउबाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समावेस गरेर उनले ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाए । त्यसपछि देउवा निरन्तर शक्तिशाली बन्दै गए । देउवाको प्रधानमन्त्रीत्व कालमा पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृति जन्मिए । यी सबै विकृतिको शिकार बन्यो नेपाली कांग्रेस ।

काण्डैकाण्डले कांग्रेस विरामी भइरहँदा देउवा भने निरन्तर उकालो चढ्दै गए । काङ्रेस्लाइ भड्खालोमा हाल्नेकाम देउबा बाटै भयो भन्नू अतिसयोक्ती नहोला तर भयो त्यस्तै।२०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस कहालीलाग्दो अवस्थामा पुग्यो । ७० प्रतिशत स्थानीय निर्वाचनमा एमालेले जित्यो । कांग्रेस २५ प्रतिशतमा सीमित हुन पुग्यो । नेतृत्वको असक्षमताका कारण कांग्रेसले चुनाव हारेको आरोप लागिरहेकोछ तर २०४८ यताका तथ्यलाई केलाउँदा कांग्रेस हार्दा देउवा भने जित्ने गरेकाछन् । हरेक पटक कांग्रेस खुम्चँदा देउवा फुलेका छन् । उनी प्रधानमन्त्री र गृहमन्त्री भएर गराएका २०५१ सालको मध्यावधि र २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस हारेको छ ।सांसदहरुमा विकृतिको वीजारोपण उनकै पालामा सुरु भएको हो । उनी प्रधानमन्त्री भएको बेला कांग्रेस पनि फुटाएका छन् । देउवा सत्ता र शक्तिको लागि जेसुकै गर्न सक्ने रहेछन। नेपाली काङ्रेस पार्टी भित्रको प्रतिपक्ष कमजोर भएको हुदा उहाँ मनपरी गर्न सक्ने हुनु भएको छ,‘तर जनतामाझ उहाँ बलियो हुनुहुन्न ।’ काङ्रेस पार्टी जस्तोको नेता भएर प्रजातान्त्रिक पार्टिको चरित्र प्रस्तुत गर्न सक्नुपर्छ।नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो र लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा विश्वास गर्छ तर अहिलेको काङ्रेस कम्युनिस्टहरुको सिको गरेको झै भएकोछ।बि पि को सिद्धान्तबाट च्युत हुँदै दलाली चाकफी र चम्चागिरिमा लिप्त हुनु प्रजातान्त्रिक सस्कार होइन भन्ने हेक्का राख्नुहोस। लोकतान्त्रिक राजनीतिक दलको एउटा पहिचान नै के हो भने विचारको विविधता। नीतिगत र सैद्धान्तिक रुपबाट ऐक्यबद्धता र समय समयका विभिन्न घटनाक्रमहरूको विभिन्न मुद्दाहरूमा आआफ्नो धारणा, वादविवाद, संवाद र त्यसपछि फेरी ऐक्यबद्धता काङ्रेसको पहिचान नै हो। हाम्रोमा नीतिगत मत भिन्नता छैन, काङ्रेस मा सैद्धान्तिक मत भिन्नता छैन। काङ्रेसमा दार्शनिक रुपमा कुनै मत भिन्नता छैन।

हामी एकतावद्ध छौँ। तर, महत्वपूर्ण कुरा के हो भने कार्यसम्पादनको सन्दर्भमा मतभेद हुन्छ। त्यो मतभेदलाई कतिपय मान्छेहरुले पार्टी भित्रको असाध्यै ठूलो द्वन्द ,झगडाको रुपमालिन्छन् तर त्यो गलत हो। यता सत्तासिन नेकपाले राज्य सञ्चालनका दौरान अवलम्बन गर्नुपर्ने विधि र व्यवस्थालाई तिलाञ्जली दिएर निरंकुश सरकारले झैँ सत्ताराजनीतिको अभ्यास सुरु गरिदि एपछि जनमानस सचेत हुन बाध्य भएको हो । नेकपाको सरकारले देशमाथि थोपरेको बहुमतीय निरंकुशताको उकुसमुकुस र त्यसबाट उत्पन्न मनोवैज्ञानिक त्रासदीको मूर्तरूप कस्तो होला भन्ने अनुमान र त्यसले पैदा गरेको तनावबाट आक्रान्त जनमानसलाई पुनः गैरलोकतान्त्रिक राजनीति व्यहोर्नुपर्ने अवस्थातर्फ नेपाली राजनीति अग्रसर हुन लागेको आभास हुन थालेको थियो र छ पनि ।यस्तो बेला काङ्रेस एउटा दरिलो प्रतिपक्षको भुमिकामा देश भर परिचालित हुनु पर्ने हो तर देउबा पौडेल एन्ड कम्पनिहरु निकम्बा साबित भए। हुन त कांग्रेसमा हुने फरक तर्क र बहसलाई कतिले झगडाको संघ्या दिन्छन् वास्तवमा यो झगडा नै होइन तर केही नेता तथा कार्यकर्ताहरु आफ्नो सिद्धान्त बिर्सेर कम्युनिस्ट चरित्र अङाल्दै हिडेर निर्बाचनको बेला गुटबन्दी गर्ने बागी उम्मेद्वार बन्ने र आफुले भनेको पद मा टिकट नपाए अन्तरघात समेत गर्ने गरेको देखियो त्यो सरासर गलत हो।

प्रधानमन्त्री पद समेत त्याग गर्ने बि पि र गणेशमानका अनुयायीहरुलाइ यस्तो हर्कत गरेको सुहाउदैन।त्यसैले गुट उपगुट बनाउने र अन्तर्घात जस्ले गर्छ त्यो काङ्रेस हुनै सक्दैन।काङ्रेस हुन त प्रजातान्त्रिक सस्कार चाहिन्छ।राजनितिक सस्कार चाहिन्छ।धार्मिक सस्कार चाहिन्छ।आर्थिक पारदर्शिताको सस्कार चाहिन्छ र सास्कृतिक सस्कार चाहिन्छ तर कम्युनिस्टहरुको पछि लागेर सस्कार मेट्ने सस्कृती मेट्ने धर्म मेट्ने काममा नेताहरु जसरी उद्द्यत भए हो त्यही दिन बाट काङ्रेसले आफ्नो छवि गिराउदै गयो।अब युबा काङ्रेसहरुले बुढाहरुले बिगारेको छवि सच्याउनु परेकोछ।
 
 
गुट घात र अन्तर्घात्को अन्त्य गर्नु परेकोछ र प्रजातान्त्रिक सस्कार अनुसार आउदो अधिबेशनबाट सबै टेस्टेड नेताहरुलाइ बिदा गर्ने आट गर्नु पर्दछ।शेर बहादुर देउबा तथा उनको पुस्ताका सबै नेताहरुलाइ बिदाइ गर्न सक्नु पर्दछ।
 
 
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA