शुक्रबार, फागुन १४, २०७७
/
काभ्रे ,मण्डन जन्मभुमीभै पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारद्वय सम्मानित ।
२० पुस २०७७
  प्रसिद्ध खबर

काभ्रे मण्डन जन्मघर भई पत्रकारिता क्षेत्रमा अनवरत लागिपरेका दुई  मण्डने युवा पत्रकार  ज्ञानमणी नेपाल (कालोटोपी ) र नवराज बजगाई  -विन्धवासिनी पत्रकारिता पुरस्कार ०७७ बाट सम्मानित भएका छन् ।

विगत १७ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय ज्ञानमणी नेपाल  कालोटोपीलाई काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–१० स्थित श्री विन्धवासिनी माविको ४३ औं वार्षिकउत्सवको अवसरमा अर्जुन–राधा फाउण्डेशनले वर्ष ०७७ बाट सम्मान गरेको हो । सो फाउण्डेशनले कालोटोपीलाई नगद ५००० र सम्मानपत्रसहित सम्मान गरेको हो ।

 विहिबार आयोजित एक कार्यक्रमकाबीच उनलाई संस्थाका अध्यक्ष सुमन नेपाल, अर्जुन-राधा फाउण्डेशनका संस्थापक शिक्षक अर्जुनबहादुर नेपाल र मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा लगायतले सम्मान गरेका हुन् । सोही कार्यक्रममा वर्ष ०७६ बाट नवक्षितिज साप्ताहिकका प्रधानसम्पादक नवराज बजगाईं पनि सम्मानित भएका छन् । उनलाई पनि सोही सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै कालोटोपीले यो सम्मानले आगामी दिनमा आफूलाई काम गर्न थप हौशला प्रदान गरेको बताए । विगत १७ वर्षदेखि पत्रकारितामा सक्रिय कालोटोपीले नेपाल समाचारपत्र दैनिकबाट पत्रकारिता थालेका हुन् । उनीसँग विसं. ०६१ सालदेखि ३ वर्ष जिल्लाबाट प्रकाशित हुने सञ्जीवनीपत्र साप्ताहिकमा पनि मण्डनभेगको संवाददाता भएर काम गरेको अनुभव छ । ०७० सालदेखि भने उनले विभिन्न अनलाइनहरुमा आफ्नो सक्रियता बढाउँदै आएका छन् ।

हाल उनी केन्द्रबिन्दु मिडियामा साढे ३ वर्षदेखि वरिष्ठ उपसम्पादकको जिम्मेवारी लिएर काम गरिरहेका छन् भने काभ्रे जिल्लाको मध्यमार्ग साप्ताहिकमा विशेष संवाददाताको रुपमा पनि काम गरिरहेका छन् । यसका साथै विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा नियमित स्तम्भलेखनमा पनि उनको सक्रियता कायमै छ ।

विहिबारको कार्यक्रममा विन्धवासिनी माविमा अध्ययनरत ९ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको थियो । जस अन्र्तगत एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पनि रहेका छन् ।

४ वर्ष अघि यस विद्यालयमा अर्जुन–राधा फाउण्डेशनले एक लाख रुपैयाँको अक्षयकोष खडा गरि हरेकवर्ष जिल्लामा सक्रिय एक जना संचारकर्मी र सो विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिंदै आएको छ । आगामी दिनहरुमा अहिले कायम रहेको अक्षयकोषमा ५० हजार नगद थप गरिने संस्थापक अर्जुन नेपालले जानकारी दिए । यसले आगामी दिनमा कार्यक्रम संचालनका लागि थप सहज हुने र यस्तो कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष एवं संचारकर्मी सुमन नेपालले जानकारी दिए । साथै सो विद्यालयमा साहित्यकार रमेश विकलको नाममा र शुशीला चालिसेको नाममा पनि अक्षयकोष स्थापना गरिएको छ । आज छात्रवृत्ती प्रदान गरिएका ८ जना विद्यार्थीहरुलाई सोही संस्था र विद्यालयको सहयोगमा नगद दिइएको थियो । उनीहरु सबैलाई जनही ५ हजार प्रदान गरियो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, शिक्षकहरु, अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो । नगरपालिका प्रमुख टोकबहादुर वाइवाले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतमा नगरबाट शुरु गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । साथै उनले विद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतले सक्रिय भूमिका खेल्नु पर्ने सुझाव दिए ।

विद्यालयका प्रधानाध्यापक शिवराम सापकोटाले आर्थिक तथा शैक्षिक गतिविधीहरु प्रस्तुत गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ नेपालले सबैको सल्लाह र सुझावका आधारमा आगामी दिनमा विद्यालयलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । ०३५ सालमा स्थापित यस विद्यालयमा हाल २०५ जना विद्यार्थी अध्ययनरत छन् ।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA