मंगलवार, बैशाख २८, २०७८
/
उर्वर मण्डनले जन्मायो अर्को धुरन्धर कथाकार कश्यप पौडेल , वरिष्ठ पत्रकार भैरव रिसालले भावुक बनाए ।
२९ साउन २०७७
  प्रसिद्ध खबर /कृष्ण आँशुक

मण्डनको धाईटारमा मध्यम किसान परिवारमा जन्मिएका कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका हुन् ।

किसान परिवारमा हुर्केका पौडेल स्थानीय शिक्षण, समाज सेवा ,राजनीति र पछिल्लो समय ब्यवसायिक शिक्षाका अग्रणी अभियन्ता र खम्बा हुन । लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा हुुुबहुु उतारेको छन् । कथा सलल बगेका ,रोचक र मार्मिक छ्न । उनले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर "डायनकी छोरी " पाठकमाझ ल्याएका छ्न ।

लोकार्पण कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल,  नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाज जीवनलाल शर्मा, पौड्याल वंश महासंघका उपाध्यक्ष दिपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्ट राइटिंग नेपालका अध्यक्ष कमल ढकालले किताबमाथि चर्चा गरेका थिए । 

कार्यक्रममा वक्ताहरुले लेखकलाई कथासंग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए । सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकलाई साकार रुप दिदै प्रकाशनको अन्तिमसम्म मिडियाकर्मी तथा प्रसिद्ध ग्रुपका प्रबन्धक कृष्ण आचार्य "आँशुक " ले समन्वय र सहयोग गरेका थिए  । हाल पुस्तकको  मूल्य ३५० रूपैयाँ रहेको छ र यसबाट उठेेेको  रकम क्यान्सर पिडितको उपचारमा सहयोग गर्ने कथाकार पौडेेेलले बताएका छन ।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA